१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चुनाव जिताउन लाग्ने आफुमाथि पार्टीले अन्याय गरेको श्रेष्ठको गुनासो



अबिनाश बेल्बासे, जीतपुर, १३ भाद्र ।
नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य फुलकुमारी श्रेष्ठले एक अपिल जारी गर्दै पार्टीले आफुमाथी अन्याय गरेको बताउनुभएको छ ।
स्थानिय तह निर्बाचनमा पार्टीलाई जिताउन हरतवरले प्रचार अभियानमा संलग्न भएको कार्यकर्तालाई अन्र्तघात गरेको भन्दै कारर्बाही गरेको समाचार सुन्नुपर्दा आफु अत्यन्तै दुखि भएको उहाँले उल्लेख गर्नुभएको छ ।
आफुबाट कुनै प्रकारको अन्र्तघात नभएको र हुन नसक्ने स्पष्ट पार्दै बिना छानबीन हचुवाको भरमा कार्रबाहि गरीएको भन्दै सो कार्रबाहि बिरुद्ध नेकपा एमालेको प्रदेश कमिटीमा अपिल गर्ने समेत उहाँले स्पष्ट पार्नुभएको छ ।
श्रेष्ठलाई स्थानीय तह दोस्रो चरणमा निर्वाचनमा पार्टीलाई हराउन भुमिका खेलेको भन्दै एमाले जिल्ला कमिटीले पदबाट निलम्बन गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  १ : ५४ बजे