१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

संघ र प्रदेशको चुनाव मंसिर १० र २१ गते हुने



काठमाडौं, भदौ १४ ।
सरकारले संघ र प्रदेशको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले मंसिर १० गतेका लागि एकै चरणमा गर्ने गरी घोषणा भएको चुनाव २१ गते दोस्रो चरणमा गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा १० हिमाली तथा उच्च पहाडी क्षेत्रका ३१ जिल्लामा चुनाव हुने एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले सुरुमै तयारी गर्न नभ्याइने भन्दै चुनाव दुई चरणमा गर्न सुझाए पनि सरकारले एकै दिन एकै चरणमा प्रदेश र संघको चुनाव गर्ने निर्णय गरेको थियो । आयोग आग्रहपछि फेरि आज दुई चरणमा चुनाव गर्ने निर्णयमा सरकार पुगेको हो ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  ८ : ०९ बजे