७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण



रामपुर (पाल्पा), १४ भदौ ।
पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दुई करोड आठ लाख ७७ हजार ५५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी दुईतले २० कोठा भएको स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । यस स्वास्थ्य चौकीबाट प्रसूति सहितको विभिन्न सेवासुविधा उपलब्ध हुने उहाँले बताउनुभयो । पूर्वखोला  गाउँपालिकासहित रामपुर नगरपालिका–९ र १० का बासिन्दालाई प्रत्यक्ष सेवा पुग्ने उक्त स्वास्थ्य चौकीमा हाल एक अहेब, दुई अनमी र दुईजना स्वास्थ्यकर्मी कार्यरत छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  १२ : ०९ बजे