७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा



नवलपरासी, १५ भदौ ।
नवलपरासीको नवलपुर र तनहुँ हुँदै पोखरा जोड्ने कालीगण्डकी नदीमा निर्माणधिन पुल अन्तिम चरणमा पुगेको छ ।
नवलपरासीको बौदीकाली गाउँपालिका–२ खर्सानघाट र तनहुँको घिरिङ्गमा पर्ने कालीगण्डकी नदीमा निर्माणधिन पुलको झण्डै ९५ प्रतिशत काम पुरा भएको साईड इन्चार्ज कुमार गुरुङले बताउनुभयो ।
निर्माणधिन पुलको लम्बाई एक सय ७० मिटर रहेको छ । रसुवा हिमदुुङ निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सी जे.भी.ले १६ करोड रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको छ । पुलमा एकतर्फी मात्रै गाडी चल्न मिल्नेछ । साईडमा फुटपातका लागि १÷१ मिटर राखिएको छ । पुलको ढलाईको काम सबै पुरा भएको गुरुङ्गले बताउनुभयो । असोजसम्म सबै काम पुरा हुने र सञ्चालनमा आउने जनाइएको छ ।
साइडमा गेभिन बाध्ने काम मात्रै बाँकी रहेकाले छिट्टै सकिने उहाँले बताउनुभयो । पुलको निर्माण आर्थिक वर्ष २०६७र०६८ सुरु गरिएको थियो । २०७२ सालको असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएको भए पनि एक वर्ष म्याद थप गरेर २०७३ सालको असार मसान्तसम्म भ्याउने गरी समय थप गरिएको थियो ।
तर गएको वर्षको असार १८ गते कालीगण्डकी नदीमा ठूलो बाढी आउँदा पुलको एक तिहाई भाग बगाएपछि फेरि एक वर्ष समय थप भएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ४ : २६ बजे