८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्वास्थ्य मन्त्री पोखरेललाई स्वाइनफ्लु



काठमाडौं, १५ भदौ ।
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ । उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।
गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ ।
राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  ८ : ०६ बजे