१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौं, भदौ १५ ।

बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।
नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् । यस्तै http;|/www.neb.gov.np/ jf https;|/www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  १२ : ०५ बजे