२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023

सि.एण्ड सि. हस्पिटलले शनिबार निशुल्क स्वास्थ्य शिविर गर्दै



दिपा महत, कपिलवस्तु, १६ भदौ ।
सि. एण्ड सि. हस्पिटल प्रा.लि. चार नम्बर जितपुरले शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । हस्पिटलले स्थापना कालदेखी नै विरामीहरुका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।
शनिबार विहान ८ बजेदेखी सञ्चालन हुने शिविरमा जिल्लामा अवस्थित विभिन्न रोगका विरामीहरुलाई निशुल्क उपचार सेवा लिनुहुन अस्पतालले सबैमा आग्रह गरेको छ ।
हार्डजोर्नी दुख्ने, ढाड कम्मर दुख्ने, बाथ रोग, युरिक एसिड, लगायतका समस्या भएका विरामीको लुम्बिनी मेडिकल कलेज पाल्पाका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरले जाच गर्नुका साथै आम्दा अस्पताल बुटवलका वरिष्ठ प्रसुतीरोग विशेषज्ञ डाक्टर पनि आउने भएकाले महिलाको तल्लोपेट दुख्ने, महिनावारी गडबढी, पाठेघर सम्बन्धि जाँच गराउन गराउने अस्पताल श्रोतले जनाएको छ ।
यसैगरी पाल्पा मिसन अस्पतालका बरिष्ठ फिजियोथेरापिष्ट डाक्टर निरज सिंह आउने पनि अस्पतालले जनाएको छ । यस्तै दात सम्बन्धि कुनैपनि समस्या भएका विरामीले पनि सेवा लिन सक्ने छन् । सिमली डेन्टल फाउण्डेसन बुटवलका जनरल फिजिसियन डाक्टरले दांत सम्बन्धी चेकजाच गर्नुहुनेछ । ४ नम्बर जितपुरमा अवस्थित सि. एण्ड सि. अस्पतालले गरिव, दुखीहरुलाई विशेष छुटका साथ उपचार सेवा दिदै आईरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  २ : ३० बजे