१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ईलाका प्रहरी कार्यालय ठाडाद्धारा गाजा नष्ट



बिष्णु कुमार आले, अर्घाखाँची १६ भदौ ।
बढ्दो लागु औषधको प्रयोगलाई नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीको आयोजनामा सितगंगा नगरपालीकाको बिभिन्न क्षेत्रमा ठुलो परिमाणमा गाँजाखेती नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज न्योपानेको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सितगंगा नगरपालीकाको वडानम्बर १२ को बिभिन्न टोलटोलमा पुगेर २ कुईन्टल भन्दा बढी गाजाखेती नष्ट गरिएको हो ।
समाजमा कलिलै उमेरका बालबालीका बिद्यार्थी युवायुवती लागु औषधमा फस्ने गरेकाले यसको नियन्त्रण, रोकथाम र न्युनिकरणका लागी प्रहरीले अभियान सुरु गरेको प्रहरी निरिक्षक नवराज न्योपानेले बताउनुभयो । प्रहरी निरिक्षक न्योपानले आफना छोराछोरी बालबालीका, बिद्यार्थीलाई बढ्दो लागुऔषधको प्रयोगबाट बचाउन, समाजमा देखिएका बिकृती बिसङ्गतीलाई हटाउन स्थानिय नागरिक र प्रहरी हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
लागु औषध भनेको के हो, यसको प्रकार, यसमा फस्नुको कारण, सेवनकर्तामा देखा पर्ने समस्या, यसको समाधानका उपाय, यसको प्रयोग गरे वापत हुने सजाय बारे सितगंगा नगरपालीकाको ज्योती माध्यमिक बिधालय ठाडा, दह निमाबि ठाडा, सरस्वती माबि सितापुरका करिव ४ सय बिद्यार्थीलाई प्रशिक्षण दिएको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७४ शुक्रबार ००:००  २ : ४३ बजे