१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

देशका धेरै ठाउँमा आज पनि पानी पर्ने, यि नदिमा बाढीको खतरा !



काठमाडौं, १७ भदौ ।
देशका धेरै ठाउँमा शनिबर पनि पानी पर्ने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय रेखा नेपाल नजिकै रहेको तथा पूर्वमा उत्तर–दक्षिण भएर रहेको न्यूनचापिय रेखाको प्रभावले देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।
उहाँका अनुसार केही ठाउँमा एकैछिन ठूलो पानी पर्नेछ । एउटा ठाउँमा पानी परे पनि नजिकैको अर्को ठाउँमा भने नपर्ने उहाँले जानकारी दिनुभयो ।
पानी परेसँगै पूर्वको झापाबाट पश्चिममा कञ्चनपुरसम्म चुरेबाट प्रवाह हुने सबै साना नदी तथा महाभारतबाट प्रभाव हुने कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना लगायतमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान शाखाले अनुमान गरेको छ ।
ती नदीमा पानीको सतहले खतराको तह पार नगरेपनि बाढी आउने भएकाले नदी आसपासका बासिन्दालाई आइतबार बिहानसम्म नै सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।
यस्तै पहाडी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने भएकाले पहिरोको जोखिम बढेको भन्दै भिरालो जमिन आसपासमा बस्दा सतर्क हुन पनि शाखाले सुझाव दिएको छ । अहिलेको अवस्था हेर्दा आइतबारदेखि भने कम पानी पर्ने मौसमविदले अनुमान गरेका छन् ।
स्रोत उज्यालो अनलाइन

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  २ : १४ बजे