७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दुर्घटनामा शेर्पाको मृत्यु



सोलुखुम्बु, १७ भदौ ।
दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ ।
ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् ।
११ जना यात्रु बोकेको जिप सडकबाट तल खस्दा शेर्पाको मृत्यु भएको र अन्य चारजना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंँ लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  ११ : ३६ बजे