७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चितुवा बालिका माथि झम्टियो, धन्नै ज्यान लगेन, गम्भिर घाइते बनायो !



अर्घाखाँची, १७ भाद्र ।
घरमा खेलिरहेको बेला चितुवाको आक्रमणबाट एक बालिका गम्भिर घाइते भएकी छिन । सन्धिखर्क बजार नजिकै कुर गाउँमै शनिवार सवा चार बजे आठ वर्षीया अस्मिता खनाल घाइते भएकी हुन ।
छाती र हातमा चोट लागेकी खनालको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अञ्चल अस्पताल बुटवल पठाइएको छ ।
घरको आगनमा साथीसँग खेलिरहेकी उनलाई चितुवाले आक्रमण गरेपछि उनी चिच्याएकी थिइन । आफन्त र गाउँलेले होहल्ला गरेपछि चितुवा भागेको स्थानीयले बताए ।

फाइल तस्बिर

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  २ : ३२ बजे