१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बिहारमा बाढी आउनुमा मुसा जिम्मेवार !



१७, भदौ ।
भारतको बिहार राज्यका जल संसाधन मन्त्री राजीव रन्जनले राज्यमा आएको बाढीमा मुसालाई दोषी ठहराएका छन् ।

बिहारमा हालसालै आएको बाढीले गर्दा पाँच सयभन्दा बढी मानिसको ज्यान गएको थियो । झण्डै एक करोड मानिस विस्थापित भएका थिए । जल संसाधन मन्त्री राजीव रन्जनले बाढी रोक्न बनाएको तटबन्ध भएको ठाउँमा बसेका मानिसहरुको घरको भण्डारमा मुसा लागेको बताए । मन्त्री रन्जनले ती मुसाले तटबन्धमा दुलो बनाएको र त्यही कारणले बाढी आएको बताए ।

तर बिहार सरकारलाई सडक तथा अन्य पूर्वाधारको निमार्ण गर्दा पानीको निकासमा ध्यान नर्पुयाएको आरोप लाग्दै आएको छ । बिहारमा कुनै समस्याका लागि मुसालाई दोषी ठहराएको भने यो पहिलोपल्ट होइन ।

यसभन्दा पहिले बिहार प्रहरीले बरामद गरेको हजारौं लिटर रक्सी हराएकोमा मुसालाई जिम्मेवार ठहराइएको थियो । बिहारमा रक्सी प्रतिबन्धित छ, त्यतिबेला प्रहरी अधिकारीले बरामद गरेको रक्सी मुसाले पिएको बताएका थिए ।

स्रोत – बिबिसी हिन्दी

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  २ : ५३ बजे