१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सि. एण्ड सि. हस्पिटलको स्वास्थ्य शिविरमा पाच सय बढीले सेवा लिए



अबिनाश बेल्बासे, कपिलबस्तु, १८ भाद्र ।
कपिलवस्तुको जीतपुर चारनम्बर स्थित सी एण्ड सी हस्पिटलले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा ५ सय बढी विरामीले लाभ लिएका छन् । शिविरमा जिल्लाका १० ओटै स्थानीय तहका सर्वसाधारणले स्वास्थ्य जाच गराएको अस्पतालले जनाएको छ ।

समाजमा रहेका सम्पूर्ण समुदायका सर्वसाधारणको स्वास्थ्य जाच गराउने उद्देश्यले हस्पिटलले आफ्नै परिसरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

दुई बर्ष अघि देखि स्वास्थ्य शिविर आयोजना गर्दै आएको सि एण्ड सिले हस्पिटलले यसबर्ष पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिएको हस्पिटलका प्रबन्ध निर्देशक गोपाल घिमिरेले बताउनुभयो ।
शिबिरमा विभिन्न रोगका विशेषज्ञहरुले फिजिशियन, अर्थो, गाईनो, र दात सम्बन्धिका विरामीको स्वास्थ्य जाच गराएका थिए ।

२५ शैयाको सुविधा सम्पन्न यस अस्पताल आज भन्दा तीन बर्ष पहिले खुलेको थियो । कपिलवस्तु लगायतका छिमेकि जिल्लाका विरामीहरुलाई मध्यनजर गर्दै हस्पिटलले विभिन्न सेवा सुविधा दिदै आएको छ ।

अस्पतालमा फिजिशियन, अर्थो, गाईनो, दाँत र फिजीयोथेरापी जस्ता सेवाहरु उपलब्ध हुदै आएको छ भने हप्ताका बिभिन्न बार आम्दा अस्पताल, देबदह मेडिकल कलेज, मिशन अस्पताल पाल्पा लगायतमा सेवा प्रदान गरेका विशेषज्ञ चिकित्सकले सेवा दिदै आएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  २ : ३७ बजे