१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

उप–प्रधानमन्त्री गच्छदार भन्छन् तीन महिना अगावै अचार संहिता लागु गर्नु अव्यवहारीक ,



राजविराज, भदौ १८ ।
उप–प्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले आउँदो मंसिर २१ गतेको चुनावलाई लक्षित गरी लगाइएको आचार संहिता अव्यहारिक भएको बताउनुभएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आयोगले लगाएको आचार संहिताको विषयमा पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो ।
देशकै इतिहासमा चुनावको झण्डै तीन महिना अगाडि नै अहिलसम्म आचार संहिता नलगाइएको चर्चा गर्दै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहनुभएका गच्छदारले निर्वाचन आयोगको निर्णयप्रति आक्रोश व्यक्त गर्नुभयो ।
वर्षा र बाढीका कारण मधेसको अवस्था तहस–नहस रहेको भन्दै उहाँले चुनावलाई मध्यनजर गर्दै नेपाली सेनाले तत्काल आवागमन सहज बनाउने कार्यमा जुटेको बताउनुभयो ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  ७ : ३७ बजे