११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

हत्या आरोपमा कपिलबस्तुका चौधरी पाल्पामा पक्राउ



पाल्पा, भदौ १८ । हत्या आरोपमा कपिलबस्तुका कमल चौधरी पाल्पामा पक्राउ परेका छन् । रामपुर–४ देविस्थानका ओमबहादुर खाँडको हत्यामा संलग्न भएको आरोपमा चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थामा कार्यरत खाँडको शनिबार बेलुका ९ बजेतिर हत्याभएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहार गरी खाँडको हत्यागरी फरार भएका चौधरीलाई पाल्पाकै हुंगी बाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राजु शर्माले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  १० : ०८ बजे