६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

लस एन्जलस जंगलमा इतिहासकै भीषण आगलागागी



१९ भदौ ।
अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै रहेको जंगलमा इतिहासकै सबैभन्दा भीषणा आगलागी भएको हो । आगलागीपछि लस एन्जलसमाा आपतकालिन अवस्था घोषणा गरिएको छ । लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका सयौं घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार ला टुन क्यानयोनबाट सुरु भएको आगलागी अहिले पाँच हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ । आगलागीका कारण तीनवटा घर जलेर नष्ट भएका छन् । यस्तै त्यसक्षेत्रको मुख्य बाटो द २१० फ्रिवे बन्द गरिएको छ । लस एन्जलसका मेयर एरिक गार्सेट्टीले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभएको छ । एजेन्सि

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  २ : २५ बजे