७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

८८ किलो सुनसहित गाडी चालक काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ



काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार बिहान ६ बजेतिर क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको हो ।
टाटा ब्राण्डको गाडीमा अवैध सुन ल्याएको सूचनाको आधारमा प्रहरी टोली गएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो । आफूहरु त्यहाँ पुग्दा गाडी भाग्न खोजेको र आफूहरुले गाडी चालक मनोज अधिकारीलाई पक्राउ गर्न सफल भएको एसपी उप्रेतीले जानकारी दिनुभयो ।
बरामद गरिएको सुन अहिलेसम्मकै ठूलो परिमाणको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको र यसमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  ४ : ३३ बजे