१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जिपको ठक्करबाट कपिलवस्तुमा एकको मृत्यु , एक घाईते



कपिलवस्तु १९ भदौ ।
जिपको ठक्करबाट कपिलवस्तुमा एक जनाको ज्यान गएको छ । तौलिहवा जितपुर सड्क खण्ड अन्तरगत गोवरी र खुनुवाको विचमा कुखुरा बोकेको लु १ च ४५०१ नम्बरको जिपले ठक्कर दिदा साईकल यात्री कपिलवस्तु नगरपालिका ६ सग्रहवा निवासी ७५ वर्षिय यमलाल चुदालीको ज्यान गएको हो ।
यसतै सोही जिपले विद्यालय जादै गरेकी छात्रालाई पनि ठक्कर दिएको छ । कपिलवस्तु नगरपालिका ६ थुनुहवा निवासी करिव १४ वर्षिय लक्ष्मी यादव लाई ठक्कर दिदा उनि घाईते भएकी छन् । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भैरहेको छ । ठक्कर दिने जिप प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  ७ : ३६ बजे