१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

फोरम उपाध्यक्ष यादवको घरमा आफ्नै कार्यकर्ताले गरे तोडफोड,



सप्तरी, भदौ १९ ।
स्थानीय तहको चुनावको टिकट वितरणमा संघीय समाजवादी फोरममा व्यापक असन्तुष्टि देखिएको छ ।
सप्तरीको राजविराजमा रहेको पार्टीकी उपाध्यक्ष रेणु यादवको घरमा आफ्नै पार्टीका कार्यकर्ताले आगजनी र तोडफोडको प्रयास गरेका छन् ।
पार्टी नेतृत्वले आफू निकटका व्यक्तिलाई टिकट दिएको भन्दै फोरम कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले रेणु यादवको घरमा ढुंगामुढा र आगजनीको प्रयास गरेका हुन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  ७ : ३७ बजे