१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पश्चिम पाल्पामा टेलिफोनको समस्या, नेपाल टेलिकमले काम गर्दैन



भुवन कार्की, पाल्पा, २० भदौ ।
रुपन्देहीको सीमा क्षेत्र पाल्पाको पश्चिमी भेगमा अझै पनि टेलिफोनको पहुँच पुग्न सकेको छैन । साविकका गाविसहरु बल्ढेङ्गढी, सत्यवती र जुठा क्षेत्रमा नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलले काम गर्दैनन् ।

मोवाईलको सुविधा नहुँदा स्थानीयहरु मर्कामा परेका छन् । साविकका बल्ढेङ्गढी, सत्यवती र जुठा गाविसहरुले समन्वय गर्न नसक्दा टावर बनेको एक वर्ष वितिसक्दा पनि टेलिकमले सेवा विस्तार गर्न सकेको छैन् ।

नेपाल टेलिकम पाल्पाका प्रमुख सन्तोष भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्षमै हुनुपर्ने काम स्थानीय गाविसहरुले समन्वय गर्न नसक्दा ढिलो भएको हो । उहाका अनुसार टावर निर्माण गरिएको सत्यवतीमा इकुप्मेण्टहरु जडान गर्ने कोठा निर्माण गर्न स्थायीयले ढिलो गर्दा काममा ढिलाई भएको हो ।

रैनादेवि छहरा गाउँपालिका वडा नं ८ मा पर्ने यस स्थानमा अहिले भने कोठा निर्माणको काम गाउँपालिकाले गरिदिने आश्वासन पाइएको भण्डारीले बताउनुभएको छ ।

उता सत्यवती वडापालिकाका सचिव कृष्णप्रसाद श्रेष्ठले आफूले समन्वय गर्न नसकेको स्वीकार गर्नुभएको छ । यी तीन साविकका गाविसहरु अहिले वडापालिका बनेका छन् । यहाँ नयाँ जनप्रतिनिधि पनि चुनिएका छन्, तर विद्युत विस्तार र टेलिफोन नलाग्ने समयस्या समाधानका लागि आवश्यक चासो दिन सकेका छैनन् । अहिलेका वडा सचिवहरु पहिलेदेखि नै गाविस सचिव थिए तर उनीहरुले यसमा ठोस पहल गर्न सकेका छैनन् ।

टेलिकमका प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्षको चैत महिनाभित्रै टेलिकमले सेवा विस्तार गर्नुपर्ने थियो तर स्थानीय सरोकारवालाले समन्वय नगरिदिंदा ढिलाई भएको हो ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  २ : ०४ बजे