४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

विश्वकप छनौटमा पर्न सक्ने इंग्ल्याण्डको सम्भावना बलियो



२० भदौ ।
विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले स्लोभाकियालाई २–१ ले हराएको हो ।
इंग्ल्याण्डको जितमा एरिक डियर र मार्कस राशफोर्डले गोल गरे । स्लोभाकियाका लागि स्टानिस्लाभ लोबोट्काले एक गोल फर्काए । खेलमा अग्रता भने स्लोभाकियाले लिएको थियो । तेस्रो मिनेटमा नै लोबोट्काले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए ।
तर ३७ औं मिनेटम डिएरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५९ औं मिनेटमा राशफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई २–१ को जित दिलाए ।
जितपछि समूहको शीर्ष स्थानको इंग्ल्याण्डको २० अंक भएको छ र उ विश्वकपका लागि छनौट हुने सम्भावना बलियो भएको छ । समूह ‘एफ’ अन्तर्गत राति नै भएको खेलमा स्लोभेनियाले लिथुवानियालाई ४–० तथा स्कटल्याण्डले माल्टालाई २–० ले हरायो ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  २ : १८ बजे