८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिजयनगर गाउँसभाको मिति छिट्टै तय गरिदै



अबिनाश बेल्बासे, कपिलबस्तु, २१ भदौ ।
बिजयनगर गाउँपालिकाको गाउँसभाको मिति अझै नतोकिए पनी यही २५ गते सम्ममा गर्ने तयारीमा विजयनगर गाउपालिका लागेको छ । गाउँसभाका लागि अहिले गाउपालिकाले बिभिन्न दलका प्रतिनिधि, समाजसेबी, बुद्धिजिबी, शिक्षक, नागरीक समाज लगायत विभिन्न पक्ष संग छलफल गरिरहेको गाउँपालिका प्रमुख गोपाल थापाले बताउनुभएको छ ।्

सर्वदलिय र सर्वपक्षिय छलफलहरुबाट पहिचान गरिएका समस्या समाधान हुने गरी बजेट बिनियोजन गर्ने तयारीमा गाउँपालिका लागेको अध्यक्ष थापाले जनाउनुभयो । गाउसभाले मुख्यतया सडक मर्मतलाई प्राथमिकता दिने गरी बजेट बिनियोजन गर्ने बताइएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको दिर्घकालीन योजना बनाई बजेट विनियोजन गरिनेछ । बिजयनगर गाउपालिकामा साविकका ४ गाबिस समाबेश छन । हरेक वडाले १ देखि डेढ करोड सम्म योजना पेश गरेको बताईएको छ ।

बिकासका दृष्टिकोणले निकै पछाडी रहेको गाउँपालिकालाई अगाडी बढाउने गरि योजना ल्याइने अध्यक्ष थापाले जनाउनुभयो । समय समयमा हुने साम्प्रदायिकता भड्काउने खालका गतिबिधि र एकले अर्को समुदायलाई हेर्ने नकारात्मक भाबनाको अन्त्य गर्न पनि गाउपालिका लागिपरेको बुझिएकोछ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : ०७ बजे