७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लिचेस्टाइन विरुद्ध स्पेन हाबी



२१ भदौ ।
रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले लिचेस्टाइनलाई ८–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल र्गयो ।
यसअघि शनिबार राति भएको खेलमा इटालीलाई ३–० ले पराजित गरेको स्पेनले लिचेस्टाइनसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन र्गयो ।
राति नै भएको खेलम इटालीले इजरायललाई १–० ले हरायो भने मेसेडोनिया र अल्बानियले १–१ को बराबरी खेले । जितपछि स्पेन २२ अंकसहित समूहको शीर्ष स्थानमा छ भने १९ अंकसहित इटाली दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : ३० बजे