१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विश्वकप छनौटमा वेल्सको महत्वपूर्ण जित



२१ भदौ ।
रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा वेल्सले महत्वपूर्ण जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ को खेलमा माल्डोभालाई २–० ले हराउँदै वेल्स दोस्रो स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा वेल्सलाई जिताउन हाला रोब्सन–कानु र आरोन रामसीले गोल गरे । अन्तिमको १० मिनेटमा वेल्सले विजयी गोल गरेको हो ।
७९ औं मिनेटसम्म गोल रहित बराबरी भएको खेलमा ८० औं मिनेटमा रोब्सन–कानुले गोल गर्दै वेल्सलाई अग्रता दिलाए । इन्जुरी समयमा रामसीले गोल गरेपछि वेल्स २–० ले विजयी भयो । यो जितले वेल्सको विश्वकपमा छनौट हुने सम्भावना कायम राखेको छ ।
राति नै भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले हराएको सर्बिया समूहको शीर्ष स्थानमा छ । सर्बियाको १८ तथा वेल्सको १४ अंक भएको छ । अर्को खेलमा अस्ट्रिया र जर्जियाले १–१ को बराबरी खेलेका छन् ।
समूह ‘आई’ अन्तर्गको खेलमा टर्कीले क्रोएसिया तथा फिनल्याण्डले कोसोभोलाई समान १–० तथा आइसल्याण्डले युक्रेनलाई २–० ले हरायो ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : ३२ बजे