१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

अर्जेन्टिनाले विश्वकप खेल्न कडा संघर्ष गर्नुपर्ने, अंक तालिकाको पाचौं स्थानमा



२१ भदौ ।
रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जे्न्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौटका लागि महत्वपूर्ण खेलमा लियोनल मेस्सीको टिम अर्जे्न्टिना भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको हो ।
यो खेलमा बराबरी भएपछि अर्जे्न्टिनाले रुस विश्वकपमा स्थान बनाउनका लागि आउँदो महिना हुने छनौट चरणका खेलमा पनि मेहनत गर्नुपर्ने भएको छ । बराबरीपछि अर्जे्न्टिना १६ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ ।
१० देश रहेको क्षेत्रमा शीर्ष चारमा रहने टिम विश्वकपक लागि छनौट हुने छन् भने पाँचौं स्थानमा रहने टिमले प्लेअफ खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : ३६ बजे