३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन



२१ भदौ, काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको आज निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उहालाई नर्भिक अस्पताल र्पुयाइएको थियो । उपचारकै क्रममा उहाको आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । उहानको उपचार डाक्टर पंकज जलान र डाक्टर राजीव झाले गरिरहेका थिए ।
शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहाल्नु भएको थियो । उहा लगातार ४० वर्ष क्यानको अध्यक्षमा आसिन रहनु भयो ।
उहा अध्यक्ष रहँदा नेपाली क्रिकेटले अन्तर्रा्ष्ट्रिय सहभागिता सुरु गरेको थियो भने केहि भौतिक पूर्वाधारसमेत बनेका थिए । संघको नेतृत्वमा आउनुअघि उहा राष्ट्रिय खेलाडी समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ८ : १८ बजे