८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

देवचुलीमा ट्रकले ठक्कर दिदा एकजनाको मृत्यु



नवलपरासी, २२ भदौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
बिहीबार बिहान ना ५ ख ३७२२ नम्बरको ट्रकले लु ११ प ९२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली नगरपालिका–१५ का २२ वर्षे महेन्द्र बिकको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बिकको देवचुली अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  ७ : ५५ बजे