१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पामा बढे एचआइभी संक्रमित बिरामी



पाल्पा, २२ भाद्र ।
पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।
आर्थिक वर्ष २०७३र०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका छन् । आव ०७२र०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जनकारी दिनुभयो ।
गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उहाले बताउनुभयो ।
भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जानेक्रम बढ्न थालेको ज्ञवालीको भनाइ छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ५७ बजे