७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भारतको गोरखपुरमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु, सनाखत हुन बाँकी



सलमान खान, भैरहवा, २३ भदौ ।
भारतको गोरखपुरमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव इन्सपेक्टर ग्रिजेश उपाध्यायले जानकारी दिनुभएको छ ।
मृत्युहुनेहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती भारतीय बजार जुगौलीका प्रकाशको पनि मृत्यु भएको छ ।
गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटना महाराजगन्ज जिल्लाको पुरन्दपुर क्षेत्रको देउपुरमा भएको भारतीय सब इन्सपेक्टर उपाध्यायले बताउनुभयो ।
अनलाइन खबरबाट

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  ११ : ४५ बजे