१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जनताको अपेक्षालाई पुरा गर्छु – जैसवाल



भुपाल थापा, कपिलबस्तु, २३ भाद्र ।
२ महिना भन्दा बढि नेतृत्व बिहिन रहेको जिल्ला अस्पताल तौलिहवाको अस्पताल विकास समितिले नयाँ नेतृत्व पाएको छ । स्वास्थ्य मन्त्रालयले बिजय प्रकाश जैसवाललाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेसँगै जैसवालले आजबाट जिम्मेवारी सम्हाल्नु भएको छ ।
पछिल्लो समय सुधारको चरणमा रहेको जिल्ला अस्पताल तौलिहवाको विकासमा नवनियुक्त अध्यक्ष जैसवालले सबैलाई समेटेर आफु लागि पर्ने बताउनुभएको छ । अस्पतालको सेवा प्रभावकारी बनाउन विकास समिति अन्र्तगतका कर्मचारी लागि पर्ने भन्दै सेवा सुविधाको लागि प्रशासनले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तौलिहवा जिल्ला अस्पतालमा जिल्लावासीको अपेक्षा बढि रहेकाले जतिसक्दो जनतालाई सेवा दिने प्रयास गर्ने बताउनुभयो । अस्पतालमा डाक्टरहरुको अभाव भएकोले जतिसक्दो चाँडो डाक्टरहरुको व्यवस्था गर्ने प्रयास गर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा तौलिहवा जिल्ला अस्पतालका बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र प्रसाद भगतले अस्पतालको सेवाको विश्वसनियताको जिम्मेवार कर्मचारी भएको बताउनुभयो ।

मन्त्रालयले कपिलबस्तु अस्पताल विकास समिति गठन आदेश २०६९ को दफा ३.२ को क बमोजीम २ बर्षको कार्यकाल रहने गरि जैसवाललाई अध्यक्षमा नियुक्त गरेको हो । जैसवाल माओवादी केन्द्रका युवा नेता तथा रेडियो परिवर्तन कपिलबस्तुका अध्यक्ष समेत हुनुहुन्छ । कपिलबस्तु महाराजगंज नगरपालिका, ३ का स्थायी बासीन्दा जैसवाल आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक कार्यान्वयन गर्नसक्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७४ शुक्रबार ००:००  १ : ५९ बजे