७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोट दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो ३ जनाको सनाखत



नुवाकोट, भदौ २४ । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस आज दिउँसो शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ३० जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । ज्यान गुमाउनेमा बादी गाउँपालिका वडा नम्बर ५ नर्जाका ४५ वर्षकी लक्ष्मी न्यौपाने, बादी गाउँपालिकाकै रालुकाकी कविता तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ की सचि बोगटीको मात्रै सनाखत भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले जानकारी दिनुभयो । अरु ३ जनाको परिचय खुलेको छैन ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  ११ : ०४ बजे