६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्छु-एआईजी लामा



शरद रेग्मी, भाद्र २७ तुलसीपुर ।
प्रहरी अतिरिक्त महानिरिक्षक मिङमार लामाले प्रदेश नम्बर ५ को शान्ति सुरक्षा सुदृढ पार्नु आफ्नो प्रमुख दायित्व रहेको वताउनु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सुरक्षा प्रमुखहरुलाई स्वागत तथा भेटघाट कार्यक्रममा प्रदेश प्रहरी प्रमुख लामाले यस क्षेत्रका नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु आफ्नो प्रमुख जिम्मेवारी रहेको समेत वताउनुभयो ।

उहांले व्यवसायीहरुलाई लगानी मैत्री वातावरणका लागि आफुले जुन सुकै अवस्थामा पनि शान्ति सुरक्षाको कमी हुन नदिने विश्वास व्यक्त गर्नु भयो । लामाले व्यवसायीहरु प्रतिष्पर्धावाट अगाडी वढ्नु पर्ने र उत्पादन मुखि व्यवसायीलाई प्राथमिकता दिनु हुन समेत आग्रह गर्नु भयो ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ३४ बजे