१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नक्कली स्टिकर टासिएका मदिरा बजारमा



लक्ष्मण पोखरेल, बुटवल, २८ भदौं ।
रूपन्देहीमा नक्कली अन्तशुल्कको होलोग्राम टांसिएको मदिरा बिक्री भएको भेटिएको छ । बजारमा सस्तो मुल्यमा राजश्व छलिका मदिराहरु बिक्री भएको भेटिएपछि मदिरा उत्पादक व्यवसायी संघले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । नियमन निकाय आन्तरिक राजश्व कार्यालय तथा राजश्व अनुसनधान कार्यालयलाई जानकारी गरादा समेत वेवस्था भएपछि व्यवसायी आफै मदिरा नियन्त्रणमा लिएर सार्वजनिक गरेका हुन ।
मदिरा उत्पादक संघले सालझन्डीस्थित रोमित स्टोरमा राखिएको चरी लिक्वर्स प्रालि बलेनी सिन्धुलीबाट उत्पादित भुन्टे र निम्तो नामक ५० यूपी शक्तिका एक सय ८० एमएलका ६ पेटी मदिरा नियन्त्रणमा लिएका छन । बुटवल ८ स्थित गंगा स्टोरबाट पनि त्रिशक्ति डिस्टिलरी ललितपुरबाट उत्पादित ५० यूपी शक्तिको एक सय ८० एमएलको मदहोस नामक मदिरा एक पेटी बरामद गरिएको मदिरा उद्योग संघले जनाएको छ । संघका केन्द्रीय महासचिव राजु गुरुङले सस्तो मूल्यमा मदिरा बिक्री भएको जानकारी पाएपछि संघले नै नियन्त्रणमा लिएको बताउनुभयो । पटकपटक सम्बन्धित निकायमा जानकारी गराउदा सुनुवाइ नभएपछि आफैले बरामद गरेको उहांको भनाई छ ।
आन्तारिक राजश्व कार्यालय बुटवलले संकलन गर्ने राजश्वमा ५८ प्रतिशत मदिराको योगदान गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत दुर्गादत्त भण्डारीले प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको स्विकार गर्नुभयो । केही सूचनाको आधारमा आफ्नो कार्यक्षेत्र भित्र रहेको दोभान आवस भित्र र गुल्मीको वाइएम मदिरा पसल शिल गरेर अनुसन्धान गरिएको बताउनुभयो ।
नेपालमा उत्पादन हुने मदिराका लागि पहिले भारतमा छापिएका स्टिकर प्रयोग हुने गरेको र त्यहांबाट छापिएका स्टिकर चोरी पैठारी हुने क्रम बढेपछि हाल केही वर्षयता इन्डोनोसियाबाट छपाई गरी नेपालमा ल्याउने गरिन्छ । इन्डोनोसियाबाट स्टिकर आउन थालेपछि तस्करहरू भारततर्फ नक्कली स्टिकरको खोजीमा लागेको बताईएको छ । हालै वीरगन्ज भन्सार नाकाबाट नेपाल भित्रिदै गरेको अवस्थामा ८६ हजार चार सय ७० थान नक्कली स्टिकर बरामद भएकोे थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७४ बुधबार ००:००  ८ : १० बजे