१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२ घण्टा बढि समय मदिरा बेचे कारवाही



शिवलाल सुवेदी, गुल्मी २८ भदौ ।
समाजमा झै झगडा लगायत विकृति विसंगति मदिराका कारण हुने भन्दै धुर्कोट गाउँ पालिकाले साझँको २ घण्टा मात्र मदिरा बिक्रि बितरण गर्न पाउने निर्णय गरेको छ ।
गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गदै कुनै घर पसलहरुमा साँझ ६ वजे देखि ८ वजेसम्म मात्रै मदिरा बिक्रि बितरण गर्न पाईने भएको हो । गाउँपालिकाले तोकेको समयभन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाईए स्थानिय सरकारले जरीवाना गर्ने र तथा पसल समेत वन्द गरी दिने निर्णय गरिएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए ।
समाजमा ‘विकृति विसंगतिको प्रमुख कारण मदिरा रहेको पाईयो प्रमुख पोखरेलले भने ‘यसर्थ धुर्कोट गाउँपालिका भित्र मदिरा बिक्रि बितरणमा कढाई गरिएको हो । ’ उनका अनुसार पालिका भित्र कम र सिमित पसललाई मात्र मदिरा बिक्रि बितरण गर्नका लागि अनुमति दिईने निर्णय समेत केही समयपछि गर्ने तयारी रहेको बताए ।
गाउँपालिकाले यस अगाडि खरका छानारहित धुर्कोट बनाउने, आधुनिक र आयमुलक कृषि उत्पादनलाई जोड दिने, गरिव किसानहरुलाई अनुदानको व्यवस्था गर्दै गरिवीबाट मुक्त गाउँपालिका बनाउने लगायत बिभिन्न महत्वपूर्ण निर्णय गरेको थियो ।
धुर्कोट गाउँपालिकाले सड्क, पर्यटन, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आफ्नै रेडियो सञ्चालन गर्ने योजनाहरु समेत गाउँ सभाले पास गदै कार्यान्वयनको चरणमा रहेको प्रमुख पोखरेलले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७४ बुधबार ००:००  ८ : १७ बजे