१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गर्तिम्ला-झुलेनी जोड्ने पर्यटन सडक उपेक्षामा, परेन बजेट



सलिम अन्सारी, प्युठान, १ असोज ।
गत आर्थिक बर्षमा साविकको फोप्ली गाविस स्थित गर्तिम्ला देखि झुलेनी बाटो खनियो । एक लाख चालिस हजार लागतमा तिन किलोमिटर भन्दा बढि बाटो सरकारी बजेटमा खनिएको थियो । तर दुखको कुरा यसपाली भने आफैले जिताएर पठाएको जनप्रतिनिधिले यो सडकलाइ वास्ता गरेन्न ।
फोप्लीका प्राय टोल र गाउमा सडक पुगेका छन । तिनमा लाखौको रकम समेत खर्च गरिएको छ तर स्थानिय सरकारले भने महत्वपुर्ण यो पर्यटकिय बाटोमा वजेट पारेन । बजेट अभावले झुलेनी सम्म पुग्ने सडक अधुरै छोडिएको छ ।
गत बर्ष सरकारी वजेट परेको यो ठाउँमा बाटो खन्ने कार्य सम्पन्न नहुन्जेल वजेट पुर्नुपर्ने भएपनी स्थानिय सरकारको उपेक्षाले यो सडकमा वजेट नपरेको स्थानियको भनाइ छ । यस गर्तिम्ला देखि झुलेनी बाटो निर्माण परियोजना भण्डारी समाज केन्द्रिय समिति र गर्तिम्ला देखि माथी चिफलदरी सम्मका स्थानीय ५० घरधुरी साथै लुप्लुङवासीले पहल गरी वनेको हो ।
लुप्लुङ भन्डारिहरुको उद्धगमथलो भनेर चिनिन्छ । स्थानीय निर्वाचनमा घरदैलो मै बाटो पुर्याउने जननिर्वाचित प्रतिनिधिहरुको पनि प्रतिबद्धता थियो।त्यसैले हामिले भोट दियौ र जितायौं तर जनप्रतिनिधिले यति ठुलो समुदायको बाटोलाई बेवास्ता गरी वजेट नछुट्याएकोमा स्थानीयको ठुलो गुनासो छ ।
हालै सम्पन्न स्थानिय तह निर्बाचनमा नौबहिनी गाउपालीमा माओबादी( काङ्ग्रेस गठबनधनले जितेको थियो । जितेका जनप्रतिनिधिले आफ्नो कार्यकर्ता भएको ठाउमा मात्र बजेट हालेको स्थानियले बताए । चुनाब जितेकाहरुले जनताको दुख कष्ट्र र समस्यालाइ प्राथमिक्तामा राखेन्न स्थानिय भन्छन ।
यस वस्तिका स्थानिय सुत्केरी, विरामीहरुलाई अस्पताल सम्म पुराउन अझै डोकोमा बोकेरै घण्टौ लगाएरै अस्पताल सम्म पुग्नुपर्ने अवस्था छ । गर्तिम्ला देखे माथि चिफलदरी हाल नौवहिनी गाउँपालिका वडा न ८ लुप्लुङको मथिल्लो भेग हो । यस नौवहिनी गाउँपालिकामा नेपाली काग्रंसको तर्फबाट गाउँपालिका प्रमुख र वडा अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।
बाटो निर्माण पछि फाईदा तथा सुविधाहरु
१- निर्माण गरिने बाटो झुलेनी सम्म पुराईए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार भई पर्यटकीय प्रबद्घन तथा विकास हुने थियो ।
२- झुलेनीमा कुलबराह देवताको पवित्र मन्दिर बनाईने योजना भएकोले निर्माण सामाग्री ढुवानी गर्न सजिलो तथा कम लागत लाग्ने थियो ।
३- वैज्ञानीक तरिकाले बाटो वस्ती समेटेर लगिने भएकोले स्थानीय मनिसको यात्रामा सुविधा हुने थियो ।
४- स्थानीय मानिसहरु विरामी पर्दा सुत्केरी अवस्थामा एम्वुलेन्स घर सम्म पुगी अस्पताल सम्म समयमै पग्ने तथा ज्यान बच्नेछ । साथै खाने पानीका ट्याङकर, दुधका ट्याङकर, आगलागीमा दमकलको समेत पहुँच हुने थियो ।
५- जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुलाई यात्रामा विषेश सुरक्षा तथा सुविधा हुने थियो ।
६- स्थानीय स्तरमा सरकारी विद्यालय, क्याम्पस, बाल सिकाई केन्द्र, सामुदायिक अध्ययन केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक स्वस्थ्य चौकी, खानेपानी तथा अन्य संरचना बनाउदा सजिलो र सामाग्री ढुवानीमा सस्तो हुने थियो ।
७- स्थानीय मानिसका घर, गोठ, शौचालय तथा अन्य संरचना बनाउदा सुविधा तथा सस्तोमा निर्माण सामाग्री ढुवानी गर्न सकिने थियो ।
८- स्थानीय स्तरमा उत्पादित तरकारी तथा अन्य वस्तुलाई सजिलै बजार सम्म पुराई मनिसहरुको आर्थिक आर्जनमा वृद्घी हुने थियो ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  ९ : १४ बजे