१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल भारतका सुरक्षा निकायद्धारा संयुक्त गस्ती



वृजराज कुशवाहा, नवलपरासी १ असोज ।
नवलपरासी जिल्लाको दक्षिणी सीमामा रहेको नेपाल भारत नोमेन्स लैण्डमा दुबै देशका सुरक्षा निकायले संयुक्त रूपमा नियमित गस्ती गर्ने भएको छ ।

खुल्ला सीमाना कारण बढदो अपराध, तस्करी तथा मानव बेचबिखन जस्ता घटना न्युनिकरणका लागि संयुक्त रूपमा सीमा क्षेत्रमा यो पहल शुरू गरिएको हो । आइतवार दुबै देशका अर्धसैनिक बलले गस्ती गरेको छ ।

गस्ती टोलीमा महेशपुर स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल बि ओ पी हरपुरका प्रहरी निरीक्षक प्रकाश ढकाल र भारतीय अर्धसैनिक बल (एस एस बी) समन्वय मुख्यालय ठुठीबारीका सब ईन्सपेक्टर राजा कुमारले सयुक्त नेतृत्व गरेका थिए । गस्ती टोलीले महेशपुर नजिक नेपाल भारत सिमाको पिलर न. ९ देखि ११ सम्म गस्ती निरीक्षण गरेको थियो ।

आइतवार आज बिहान ८ बजे देखि ११ बजेसम्म गस्ती टोलीले दुबै देश बिच खुल्ला सिमा भएको हुदा हातहतियार घुसपैठ हुन सक्ने भएकाले साप्ताहिक संयुक्त गस्ती टोली गठन गरिएको जानकारी गराएको हो । सशस्त्र प्रहरी नवलपरासीका प्रहरी उपरिक्षक बिरेन्द्र राज श्रेष्ठले यस निरीक्षण कार्यलाइ निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७४ आइतबार ००:००  ३ : १८ बजे