१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

स्थानीय तहको तेस्रो चरणको मतदान सुरु, मतदाता उत्सवका साथ मतदान प्रक्रियामा सामेल



काठमाडौं, २ असोज । 

प्रदेश नम्बर २ का ८ वटा जिल्लामा सोमबार स्थानीय तहको मतदान शुरु भएको छ । तेस्रो चरणको स्थानीय तहको चुनावअन्तर्गत आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा अहिले बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । यो प्रक्रिया बेलुकी ५ बजेम्म जारी रहनेछ ।
बिहान मतदान गरेर दिउँसो आफ्नो काममा हिँड्ने योजना अनुसार कतिपय मतदाता बिहानै मतदान केन्द्रतर्फ लागेका छन् । चुनाव हुने आठ जिल्लामा गएराति पानी परे पनि उज्यालो भएसँगै रोकिएकाले सहज भएको छ । राजनीतिक दलका स्थानीय कार्यकर्ता आफ्नो पक्षमा मत पार्न रातिदेखि नै सक्रिय भएका छन् । आठ जिल्लाका दुई हजार ए सय ६६ मतदानस्थलमा तीन हजार पाँच सय ७८ मतदान केन्द्र रहनेछन् ।
त्यस्तै मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचार जना कर्मचारी परिचालन गरिएको छ । आयोगले चुनावको पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई अनुमति दिएको छ ।
आठ जिल्लामा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेद्वार चुनावी मैदानमा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७ र पुरुष २२ हजार ८ सय ६१ जना रहेका छन् । निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वा्चित भइसकेका छन् । २ नम्बर प्रदेशमा कुल २६ लाख ६४ हजारभन्दा धेरै मतदाता रहेका छन् । आयोगले मतदानलाई उत्वसवका रुपमा लिँदै एक दिन राष्ट्रका लागि समय दिएर योग्य उम्मेदवारलाई जिताउन आग्रह गरेको छ ।
संविधान प्रति असन्तुष्टि जनाएको राष्ट्रिय जनता पार्टी राजपालाई पनि चुनावमा सहभागी गराउन सरकारले वैशाख ३१ र असार १४ गतेका लागि तोकिएको चुनाव भोलिका लागि सारेको थियो । आयोगले मतदानका लागि फोटोसहित परिचयपत्र लिन र कुनै कारणवश परिचयपत्र नभएका तर मतदाता सूचिमा नाम भएकालाई नागरिकता, यसअघि आयोगले जारी गरेको आधिकारिक कागजताका आधारमा भोट खसाल्न पाउने प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो । यस प्रदेशमा वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिका सहित ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १ : २८ बजे