१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रुपन्देहीमा बसले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु



बुटवल, २ असोज ।
पछाडिबाट आएको बसले ठक्कर दिँदा रुपन्देहीको देवदहमा आज बिहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्याङ जिल्ला खलंगा नगरपालिका २ बस्ने वर्ष २९ का सुजन परियार र सुर्खेत जिल्ला पञ्चपूरी नगरपालिका ५ बस्ने बर्ष ५० का भिम बहादुर सुनुवार रहेका छन् ।

परियारको घटना स्थलमै र सुनुवारको उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते ३ जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
दाङ जिल्ला देउखुरी नगरपालिका बस्ने वर्ष ३६ की सुमीत्रा सुनुवारको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ३१५९ नम्बरको बसलाई सोही दिशाबाटै आउँदै गरेको ना ७ ख ६९८ नंबरको बसले ठक्कर थिएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  ८ : २९ बजे