८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सर्लाहीको डाइनी दोभान मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइयो



सर्लाही असोज ३ । सर्लाही लालबन्दी नगरपालिकाको वडा नम्बर १४ को डाइनी दोभान मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याइएको छ । मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका लालबन्दी नगरपालिका मतदान अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।
खोलामा बाढी आएका पछि पैदल मार्ग अवरुद्ध हुँदा डाइनी दोभान केन्द्रको मतपेटिका गणनास्थलमा ल्याउन सकिएको थिएन् । डाइनी दोभान मतदान केन्द्रमा ८ सय १९ मतदाता मध्ये ५ सय ८१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डायनी दोभान मतदान केन्द्रको स्थान सर्लाहीको सबैभन्दा विकट मानिन्छ । त्यहा अहिलेसम्म सडक पुग्न सकेको छैन् ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ६ : ०६ बजे