१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सुरु



दिपा महत, कपिलवस्तु ४ असोज ।
हरिहरपुरको हरियाली युवा क्लवको आयोजनामा जिल्ला स्तिरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ८ स्थित हरिहरपुरमा प्रतियोगिता सुरु भएको हो । नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले ब्याटिङ र वडा नम्बर ८ का वडा अध्यक्ष कपिलदेव तिवारीले बलिङगरी प्रतियोगिताको उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले संविधान दिवसको अवसरमा युवाहरुले प्रतियोगिताको आयोजन गर्नु राम्रो भएको बताउनुभयो । मेयर श्रेष्ठले स्थानिय प्रतिभाको उजागर गरी खेलको विकास गरे अन्तराष्ट्रिय स्थरमा पनि सहभागि हुन सकिने बताउनुभयो ।
मङ्गलबार भएको उद्घाटन कार्यक्रममा एउटा खेल भएको थियो । पूर्व हरिहरपुर र पश्चिम हरिहरपुर बिच भएको खेलमा परिश्चम हरिहरपुर १२ रनले विजयी भएको छ । कार्यक्रम क्लवका अध्यक्ष दशरत थारुको अध्यक्षता, अच्युतराज खनालको सञ्चालमा भएको हो ।
प्रतियोगितामा प्रथम हुने समुहलाई खसी, शिल्ड मेडल प्रमाणपत्र, द्धितिय हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र दिनुका साथै सेमिफाईनलमा प्रवेश गर्ने सम्पूर्ण टिमलाई पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा १५ बढि टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  १ : ५६ बजे