१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दोश्रो कपिलवस्तु डिवाईसि कप अपडेटः आज फाइनल खेल हुदै



मायादेवी अनलाइन, कपिलवस्तु, ५ असोज ।
कपिलवस्तुमा सर्वाधिक धनराशीको दोश्रो कपिलवस्तु डिवाईसि कपको फाइनल खेल आज हुने भएको छ ।

आज दिउसो ३ बजे देखि हुने फाइनल खेलमा आयोजक दर्पण युवा क्लब राजपुर र मुहान युवा क्लब झुङ्गा भिड्ने भएका छन् ।

वाणगंगा नगरपालिका २ राजपुरमा संचालित लुम्बिनी अंचल स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा १६ टीमले सहभागीता जनाएका थिए ।

युवाहरुलाई खेलक्षेत्रमा संलग्न गराउदै अनुशासित र युवाहरुको खेल प्रतिभाको उजागर गर्ने उद्देश्यले फुटवल प्रतियोगिता संचालन गरिएको क्लवका अध्यक्ष पदम रेग्मीको भनाई छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  १२ : ४८ बजे