१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित



काठमाडौं, असोज ६ । डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ । उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति तिराउने विधेयक ल्याउने सरकारको निर्णयविरुद्ध चिकित्सक संघले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीलाई समस्या भएको हो ।
बहिरंग सेवा लिन पुगेका बिरामीहरु अस्पताल पुगेर त्यसै फर्कनु परेको छ । मन्त्रीपरिषदको गत सोमबारको बैठकले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सक नै जिम्मेवार हुने र क्षतिपूर्ति पनि चिकित्सकले नै तिर्नुपर्ने मनसायसहितको विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।
निर्णयको विरोधमा डाक्टरहरुले बिहीबार काठमाडौंको माइतीघरमण्डलामा प्रदर्शन गरेका थिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, २०६९ मा उपचारका क्रममा लापरबाही भई बिरामीको ज्यान गएको खण्डमा वैज्ञानिक अनुसन्धानबाट लापरबाही गरिएको ठहरिएमा, क्षतिपूर्ति दिलाउने स्पष्ट व्यवस्था हुँदाहँुदै सरकारले यस्तो निणर्य गर्नु गलत भएको संघले ठहर गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  १० : ४० बजे