११ आश्विन २०७९, मंगलबार | Tue Sep 27 2022

सिद्धबाबा सडकमा पहिरोले कार र ट्रक पुर्दा तीन जनाको मृत्यु



लक्ष्मण पोखरेल, बुटबल, ७ असोज ।
बुटवल–तानसेन सडक खण्डको दोभान नजिकै खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले एक ट्रक र कार पुरेको थियो । हिजो साझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक बिहान एकतर्फी खुलेपछि रोकिएका साधनहरु गन्तव्यतर्फ जादै गर्दा पहिरो खसेको थियो ।
पहिरोमा ना ३ ख ६१९२ नम्बरको ट्रक र लु १ च ७९९४ नम्बरको कार पुरिएका हुन । घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । कारमा सवार गुल्मी बलेटक्सारका यमलाल ज्ञवाली, रुरु गाउपालिकाका तिलकराम भण्डारी र ट्रक चालक पाल्पा तिनाउ गाउपालिकाका माधव रानाको मृत्यु भएको हो ।
कारमा सवार राधिका भण्डारी भने सकुसल रहेकी छन् । पहिरोले सडक अवरुद्ध भएपछि दशैका लागि पहाडी जिल्ला हिडेका यात्रुहरु बिहानदेखि अलपत्र परेका थिए । अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ । सिद्धवावा सडक खण्डमा दैनिकजसो पहिरो खस्ने गरेको छ । पछिल्लो पाच वर्षमा आधा दर्शन गाडी पुरिएका छन् भने दर्जनौको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  ५ : ४९ बजे