७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

जीप दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु



गुल्मी, ७ असोज ।
गुल्मीमा जीप दुर्घटना हुँदा शनिबार एकजनाको ज्यान गएको छ । गुल्मीको गौंडाकोटबाट तम्घासका लागि छुटेको बा ११ च ८८०३ नम्बरको बोलेरो जीप रेसुङ्गा नगरपालिका–१३ भंगारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा रेसुंगा नगरपालिका–३ का ३६ वर्षका बाबुराम पन्थीको ज्यान गएको हो । जीप चालक इस्मा गाउँपालिका–२ का ३४ वर्षका डम्मर कुवँर घाइते भएका छन् । उहाँको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  ११ : ५८ बजे