१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जीप दुर्घटनामा परेर बागलुङमा दुई प्रहरीको मृत्यु



बागलुङ, ७ असोज ।
बागलुङको बरेङ पेरिडाडाँमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गएको छ । बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–८ घर भएका प्रहरी हबलदार खिमबहादुर बिष्ट र गुल्मीकै हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीसको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गएका प्रहरी हबलदार बिष्ट इलाका प्रहरी कार्यालय बरेङ र प्रहरी जवान श्रीस इलाका प्रहरी कार्यालय बाटाकाचौरमा कार्यरत रहनुभएको थियो । दुवै जना प्रदेश नम्बर २ को धनुषामा भएको स्थानीय तह चुनाव सकेर फर्किदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विश्वराज सिहं थापाले जानकारी दिनुभयो ।
१५ जना सवार रहेको जीप बरेङ गाउँपालिका–२ पेरीडाँडाबाट तल खसेको हो । दुर्घटनामा अरु १३ जना घाइते भएका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  १२ : ०२ बजे