७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा



नवलपरासी, ८ असोज (रासस) ।
महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।
पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग गरिए पनि सुनुवाइ नभएको सरोकार भएकाहरु बताउँछन् । त्रिवेणीमा चुरे पहाडबाट बगेर आउने पानीको निकास नभएका कारण त्रिवेणी क्षेत्रका करिब दुई हजार घरधुरी वर्षेनी प्रत्यक्ष रुपमा मारमा पर्दै आइरहेका छन् ।
गण्डक सम्झौतानुरुप निर्मित नेपाली नहर तथा भारतीय गण्डक नहरका कारणले पानीको निकास बन्द भएका कारण यहाँका बासिन्दा वर्षौंदेखि मारमा पर्दै आएको त्रिवेणीका प्रेमचन्द्र रौनियारले बताउनुभयो ।
प्रत्येक वर्ष बाढी आउँदा महाभारत चुरे पहाडबाट आउने बाढी घरको आँगनको बाटो हुँदै बग्ने गरेको छ । खोला पीडितले त्रिवेणी क्षेत्रमा १० वर्ष्भित्र विपद् सुरक्षित समुदाय निर्माण तथा त्रिवेणी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउन आवश्यक कदम चालेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  १ : ३४ बजे