१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता जारी



दिपा महत, कपिलवस्तु, ८ असोज ।
हरियरपुर हरियाली युवा क्लवको आयोजनामा सञ्चालित जिल्ला स्तिरिय क्रिकेट प्रतियोगिताको शनिबार ४ औ दिनमा २ वटा खेलहरु सम्पन्न भएका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ८ स्थित हरिहरपुरमा ३ गते बाट प्रतियोगिता सुरु भएको हो ।
शनिबार पहिलो खेल राजपुर युवा क्लव र न्यू कोब्रा यूवा क्लव चौरी विच भएको थियो । जसमा न्यू कोब्रो युवा क्वल विजयी भएको छ । यसैगरी दोस्रो खेल कैलेश्वर युवा क्लव भैरम्पुर र श्रि उन्नती युवा क्लव ढडिया विच भएको हो ।

जसमा कैलेश्वर युवा क्लव भैरम्पुर विजयी भएको छ । शुक्रबार पानीका कारण कुनै पनि खेल नभएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई खसी, शिल्ड मेडल प्रमाणपत्र, द्धितिय हुनेलाई ५ हजार नगत सहित प्रमाणपत्र दिनुका साथै सेमिफाईनलमा प्रवेश गर्ने सम्पूर्ण टिमलाई पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  १ : ३९ बजे