१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

धनुषाः सबैला नगरपालिकामा कांग्रेसको अग्रता



धनुषा, असोज ८ ।
धनुषाको सबैला नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवार विजयशंकरप्रसाद साहले ४ हजार ७ सय ५६ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका तेजनारायण यादवको ४ हजार ७ सय १४, एमालेका राजकिशोर यादवको ३ हजार ९ सय ६१ मत रहेको छ ।
उपमेयरमा माओवादी केन्द्रकी निलुदेवी यादव अगाडि हुनुहुन्छ । निलुदेवीको ४ हजार ७ सय ८०, नेपाली कांग्रेसकी बबितादेवी यादवको ४ हजार ८५ र एमालेकी ईन्दुदेवी गुप्ताको ४ हजार १ सय २४ मत रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७४ आइतबार ००:००  ८ : ११ बजे