१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022

सिटिजन्स बैंक इन्टरनेशनलको ११ औँ साधारणसभा आज हुँदै



काठमाडौं, असोज ९ । सिटिजन्स बैंक इन्टरनेशनलको ११ औँ साधारणसभा सोमबार हुँदैछ । कालिकास्थानको अमृतभोग कम्प्लेक्समा बिहान ११ बजेका लागि बोलाइएको साधारणसभाले १६ प्रतिशत बोनस शेयर त्यसमा कर प्रयोजनका लागि शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ । भदौ ११ गतेसम्म शेयर किनेका शेयरधनीले लाभांश पाउनेछन् ।
साधारणसभामा चुक्ता पूँजी बृद्धिसँगै, केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन, लेखा परीक्षकको नियुक्ति, सर्वसाधारणका तर्फबाट दुईजना सञ्चालक समिति सदस्य चयन लगायत प्रस्ताव पनि लगिने कम्पनीले जनाएको छ ।
६ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको यो बैंकको १६ प्रतिशत बोनसपछि चुक्ता पूँजी ८ अर्ब नाघ्नेछ । सिटिजन्स बैकले गएको आर्थिक वर्षमा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ६ : १७ बजे