७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

२ नम्बर प्रदेशमा एमालेले जितेका स्थानिय तह यस्ता छन् (जिल्ला सहित)



काठमाडौं, असोज ९ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय ३१ तहको नतिजा आएको छ । यसमा नेकपा एमालेले ६ जिल्लामा गरी १७ स्थानीय तहमा विजयी भएको छ ।
एमालेले रौतहट र महोत्तरीमा कुनै पनि स्थानीय तहमा जितेको छैन । मतगणना भैरहेका पाँच स्थानीय तहमध्ये बाराको कलैया उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा एमालेको अग्रता कायमै छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा एमालेले नतिजाबिहिन भयो ।
कुन– कुन तहमा एमालेले जित्यो ?
सिरहा
१ सिरहाको लहान नगरपालिका – मुनि साह सुडी
२ सिरहाको सुखीपुर नगरपालिका – रामऔतार यादव
३ सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका– केदारनाथ यादव
४ सिरहाको नरहा गाउँपालिका–रामशरण यादव
धनुषा
१ धनुषाको मिथिला नगरपालिका – हरिनारायण महतो
२ धनुषाको मिथिला बिहारी नगरपालिका– अनिल यादव
३ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
४ धनुषाको बटेश्वर गाउँपालिका– डम्बरबहादुर राउत
सर्लाही
१ सर्लाहीको हरिपुर नगरपालिका– जमरुद्दिन मन्सुर
२ सर्लाहीको हरिवन नगरपालिका – गणेश प्रसाईं
३ सर्लाहीको लालबन्दी नगरपालिका – मानबहादुर खड्का
४ सर्लाहीको ईश्वरपुर नगरपालिका– मनोज देवकोटा
सप्तरी
१ सप्तरीको सप्तकोशी नगरपालिका– उत्तम गौतम
२ सप्तरीको कञ्चनरुप नगरपालिका – बसन्त मिश्र
बारा
१ बाराको जितपुर सिमरा उपमहानगरपालिका– कृष्ण पौडेल
पर्सा
१ पर्साको पटेर्वा सुगौली गाउँपालिका– हरिनारायण चौधरी
२ पर्साको जिराभवानी गाउँपालिका– रामप्रीत महतो

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ६ : २३ बजे